फिल्म ‘परदेशी २’ले पनि ५१ औं दिन मनाउने भएको छ ।गत असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्मले भोली शनिबार आधा दर्जन बढी हलमा ५१औं दिने मनाउन लागेको हो । फिल्म हालसम्म पनि नेपालका केहीहलहरुमा चलिरहेको छ । नेपालमा फिल्मले ५१औं दिन मनाउन लाग्दा विदेश प्रदर्शन पनि सुरु भएको छ ।फिल्म अहिलेसम्म यूएई, बहराइन, कतार, इराक, ओमानसँगै माल्टा लगायतका देशमा प्रदर्शनमा आइसकेको छ भने कुवेत, फिनल्याण्ड, स्पेन, जापान, अस्ट्रेलिया, यूके, हङकङ, क्यानडा, न्यूजल्याण्ड, भारत लगायतका देशहरुमा केही दिनमा प्रदर्शन हुँदैछ । अमेरिकाका विभिन्न सहरहरुमा भने प्रदर्शन भइरहेको छ । सिनेमाले नेपालमा जस्तै विदेशमा पनि दर्शकको राम्रो साथ पाइरहेको निर्माणले जानकारी दिएको छ ।नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश सपूत, नीर शाह, रमा थपलिया, दीलिप रायमाझी प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, सबिन बास्तोला, देबेन्द्र बब्लु लगायतको अभिनय रहेको छ ।