निर्देशक दिनेश राउतको आगामी फिल्ममा अभिनेता दयाह्याङ राई अनुबन्धित भएका छन् । राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको आगामी फिल्म ‘गाउँ नै रमाइलो’मा उनले अभिनय गर्न लागेका हुन् । हिमाल कडरियाले फिल्म निर्माण गर्नेछन् । निर्देशक राउत यतिबेला फिल्म ‘पूजार सार्की’को तयारीमा छन् । यसपछि उनले रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘छब्बीस करोड’को निर्देशन गर्नेछन् ।