फिल्म ‘अन्जिला’को इण्ड्क्ल्याप भएको छ । शनिबार काठमाडौँको तीनकुने क्षेत्रबाट फिल्मको इण्ड्क्ल्याप गरिएको हो । मिलन चाम्स निर्देशित फिल्म महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर निर्माण गरिएको हो । छायाङ्कन सकिएपछि सह–निर्माताद्वय राजेश बगडिया र विनोद अग्रवालले एन्जिलालाई एकथान स्कुटर उपहार प्रदान गरेका थिय । फिल्ममा एन्जिलाका साथै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजयबराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तानको पनि अभिनय छ । सिनेमकानिर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ ।