फिल्म ‘दान्भी’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायिका अभिनेत्री पूजा शर्मालाई एक्सन अवतारमा देखाइएको छ । रुपेश तामाङद्वारा निर्देशित फिल्ममा देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता, कमला लिम्बु, पन्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्मातामा छन् भने हरि लामा ‘घले’को छायांकन, संजोग रानाको संवाद, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी र केदारराज नेपालीको संगीत रहेको छ ।