यूएइको दुबइमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ग्रिष्मा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको ‘शुभ यात्रा साँझ’ मा नेपालबाट ५ कलाकारहरुले प्रस्तुती दिने भएका छन् । आँउदो डिसेम्बर २२ मा हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटा सहभागी हुने भएका हुन् ।
काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताए । टिकटको विक्री हेरेपछि कुन हलमा कार्यक्रम गर्ने भन्ने निर्णय गरिने आयोजकले बताएको छ ।मनोज गोर्खाली, समिम खान र मदन अधिकारीले दुबइको व्यवस्थापन गर्नेछन् ।