चर्चित रियालिटि शो नेपाल आइडल को होस्टमा पुन: निर्देशकआशिफ शाह जोडिएका छ्न । सामाजिक सञ्जालमार्फत उनी आफैँले यो कुराको जानकारी दिएका हुन् ।उनी लेख्छन्– ‘नेपाल आइडल सीजन ५ मा पनि होस्टको रुपमा अनबन्धित भएको छु । यसपालि फर्म्याट धेरै परिष्कृत र परिमार्जित भएको जानकारी पनि पाएको छु । नयाँ सीजनमा नयाँ जोशका साथ छिट्टै भेट्ने छु ।’कार्यक्रमका निर्माता तथा निर्देशक सुरेश पौडेलसंग सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका तस्बिर तथा अडिसनको जानकारी दिने पोस्टरसमेत शेयर गर्दै आशिफले नेपाल आइडलको अंग बन्न सक्ने क्षमतावान प्रतिभालाई ट्याग गर्न आग्रह समेत गरेका छन् । नेपाल आइडलको यो सिजन ५ हो ।