फिल्म ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय रहने छ । विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्टस्को सहकार्यमा बन्ने फिल्मको छायाँकन शनिबार बेलुकी ११ः५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । चलचित्रमा प्रद्युम्न मिश्रले छायाँकन, पासाङदावा शेर्पाले सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यले सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन, देव महर्जनले द्वन्द्व निर्देशन र सुवासराज काफ्लेले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्नुहुनेछ । यसको छायाँकन तालिका ३५ दिन राखिएको छ ।