नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । जेठ १८ मा फिल्म रिलिज गर्ने जानकारी गराएको हो । फिल्मको पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् । फिल्म मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको हो ।फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।फिल्ममा  दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन् ।फिल्मको  कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् । अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् ।