फिल्म ‘जम्प’ सेन्सर पास भएको छ ।  १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै हेर्न मिल्ने गरी फिल्मले पिजि सर्टिफिकेट पाएको हो  ।  निर्देशक आशुतोषध्वज कार्कीको डेब्यु  निर्देशन रहेको फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ ।फिल्मको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ । फिल्म आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।