अध्रीत फिल्म्स प्रीजेन्ट्सको ब्यानरमा फिल्म `एक्टर´ बन्ने भएको छ । नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा बारे जानकारी गराइएको हो  । राजन भुसालको निर्देशन रहने फिल्मलाई अङ्ग्रेजी वर्ष २०२५ मा रिलिज गर्ने समेत बताइएको छ । थामन कुमार भण्डारीको लगानी फिल्ममा रहने छ ।