पहिलो चलचित्र ‘जेरी’मा अनमोल केसीको अपोजिटमा देखिएकी थिइन् नायिका आना शर्मा । पहिलो चलचित्र सफल भएसँगै उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । युवा पुस्ता माझ एकाएक चर्चामा आइन् आना । पहिलो चलचित्रबाट सफलताको स्वाद चाखेकी आनाले भने दोस्रो चलचित्रमा त्यो स्वाद चाख्ने मौका पाइनन् । उनी अभिनित दोस्रो चलचित्र ‘ग्याङस्टर ब्लुज’ केही समय अघि रिलिज भएको थियो । करिब जेरी रिलिज भएको ३ वर्ष पछि आनाको दोस्रो चलचित्र प्रदर्शनमा आएको हो । तर पहिलो चलचित्रबाट आनाले स्टारडम बनाएकी आनालाई दोस्रो चलचित्रले भने राहत दिएन । उनीसँगै अनस्किृन रोमान्स गरेका नायकहरु अनमोल केसी र आशिरमान देशराज नयाँ चलचित्रको लागी व्यस्त छन् भने आना खाली बसेकी छिन् । हाल आना चलचित्र क्षेत्रबाट गुमनाम सरहनै बसिरहेकी छिन् । उनी पुन चलचित्रमा देखिन्छन् कि देखिन्न् त्यो भने भविष्यमा थाहा हुने छ ।