फिल्म ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने उक्त फिल्म पोस्टर रिलिज गर्दै घोषणा गरिएको हो। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो। सामाजिक प्रेमकथामा बन्ने फिल्मको कथा स्वयम् मगरले लेखेका हुन् । परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने फिल्म ‘आलिङ्गन’ मा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केहि समय पछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ।फिल्मको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको फिल्मलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन्।