फिल्म ‘पूजार सार्की’मा अभिनेता पल शाह अनुबन्धित भएका छ्न् । आर्यन सिग्देल र प्रदीप खड्कापछि निर्देशक दिनेश राउतले शनिबार पल शाहसँग सम्झौता गरेका हुन् । सुभाष भुषालको निर्माण रहने फिल्मका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो । आगामी माघ पहिलो हप्ताबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि अभिनेत्रीको टुंगो लाग्न बाँकी छ । एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर फिल्म बन्नेछ ।