अभिनेता प्रकाश घिमिरे फिल्मको काममा फर्किएका छन्।घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका उनी केही समयको अस्पताल बसाई पछी स्वस्थ्य हुँदै फिल्म `महाजात्रा´ को सेटमा फर्किएका हुन् । अहिले घिमिरे र हरिवंश आचार्यको भागको दृश्य छायांकन सुरु भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिने छ । निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको पनि अभिनय समावेश छ ।फिल्मको निर्माता म्याक्स दीपेश खत्री र कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ छन् ।फिल्मको एसोसियट निर्देशकमा जित बहादुर रुवाली हुन् । फिल्म चैत ९ गते रिलिज हुनेछ।