भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उम्दा प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् । मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् ।