फिल्म `जम्प´ लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।काठमाडौंस्थित बिग मुभिजमा आयोजना भएको प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको हो । प्रिमियरमा निर्देशक सुवर्ण थापा, निर्मात्री एवं निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा तथा दिब्यदेव पन्त, लेखक प्रदिप भारद्वाज लगायतको उपस्थिति थियो । उनीहरुले फिल्मको कथा भन्ने शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिय । मनोवैज्ञानिक थ्रिलर शैलीमा कथामा आधारित रहेको फिल्मलाई आशुतोषध्वज कार्कीले निर्देशन गरेका हुन् । विज्ञापनको क्षेत्रमा ठूलो नाम बनाएका उनले अर्को वर्ष नयाँ फिल्म बनाउन लागेको पनि कार्यक्रममा जानकारी दिएका थिय । यही शुक्रबार अर्थात् पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा बिनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, रितेश राजकर्णिकार लगायतको पनि अभिनय छ ।