निर्देशक पुर्णेन्दु झा नयाँ फिल्मको तयारीमा जुटेका छ्न् । वर्किङ टाइटल ‘पिजे ३’ राखिएको सिनेमा घोषणा गर्दै उनले नयाँ फिल्मको घोषणा गरेका हुन् ।हाल उनले टाइटल समेत घोषणा नगरेर थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् ।फिल्ममा प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले ब्यक्त गरिने छ । उनले आउँदो वर्ष सन् २०२४ मै सिनेमाको छायांकन गरेर सोही वर्ष हलमा प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए ।नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने फिल्म नेपालको कम्पनि पुर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनिसँगको सहकार्यमा निर्माण हुने छ।