‘केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म मायाका रंगहरु कलर्स अफ लभको निर्माण घोषणा गरिएको छ । अभिनेता पल शाहलाई अनुबन्धित गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन् । भारतको सिक्किमबाट सुरु गरिने फिल्मको छायांकन प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने भएको हो । फिल्ममा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।नेपाली र हिन्दीमा छायांकन गरिने फिल्ममा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ ।