साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘सलार’मा नेपालकी गायिका मेनुका पौडेलको पार्श्व गायन रहेको गीत सार्वजनिक भएको छ ।  ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ । गीतमा रवि बसरुरको संगीत रहेको छ भने रिया मुर्खजीको शब्द रचना छ ।  मेनुकाले पहिलोपटक भारतीय फिल्मको गीतमा पार्श्व गायनको मौका पाएकी हुन् ।

अहिले उनी ‘इन्डियन आइडल’मा आफ्नो सानदार प्रस्तुतीका कारण चर्चामा छिन् ।