फिल्म ‘रङ्गेली’बाट अभिनेता प्रविन खतिवडाका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ । अर्जुन सुवेदीको निर्देशन र लेखन रहेको फिल्ममा रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी र रबीन बोगटी लगायतको मुख्ख भूमिका रहेको छ ।यो फिल्म आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ ।फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाई सह-निर्माता हुन् ।