आजबाट सिनेमाघरमा दुई फिल्म रिलिजमा आएको छ । फिल्म `जम्प´ र `दुई कदम´ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा निर्माण भएको `जम्प´  साइकोलोजिकल थ्रिलर जनरामा बनेको हो । क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको फिल्ममा  इशा खड्का कार्यकारी निर्माता रहेकी छिन् ।फिल्ममा सिनेमामा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । यसैगरी उदय सुब्बा निर्देशित फिल्म `दुई कदम´मा फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।