फिल्म ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ । निर्माण टिमले सार्वजनिक पोस्टरमा नायिका मिरुना मगरलाई प्रस्तुत गर्दौ बैशाख २९ लाई फिल्म रिलिज गर्ने बताएका हुन् । उपेन्द्र सुब्बा यसका निर्देशक हुन् ।
फिल्ममा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिने छिन् । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।फिल्ममा मिरुनाको अलावा दयाह्याङ राई अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ ।