कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिसिरियल सिन्दूर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै औपचारिक रूपमा सिन्दुरको निर्माण घोषणा गरेकी हुन् ।
करिब १७ बर्ष अगाडी निर्माण भएको सुपरहित टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरू नेपाल बाहिर भएकाले पनि अहिले आफूले नयाँ कलाकारलाई लिएर काम गरेको उनको भनाई छ ।
यो टेलिसिरियलको शुभ मुहूर्तमा कलाकार रवीन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्धाज उपस्थित थिए । यो सिरियलमा विनय राज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।
प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायतका कलाकारको अभिनय रहनेछ । यो सिरियलमा मदन कश्यप घिमिरेको छायाङ्कन, लय सङ्ग्रौलाको गीत लेखन, सम्राट थापाको सङ्गीत रहनेछ ।