गायक सज्जन राज वैद्यको पहिलो अमेरिकी साङ्गीतिक यात्रा सुरु हुने भएको छ । आउँदो डिसेम्बर २२ शुक्रवार ग्राण्डपेरीमा विशेष प्रस्तुति उनले दिने भएका हुन् । ह्याङ्गआउट इन्टरटेनमेन्ट, ठमेल एन वोई सी र वोबरटन लाईभको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको सपोर्टिङ्ग पार्ट्नरको रुपमा रुटिन अफ नेपाल बन्द र हिमालीफ्लाई रहेका छन् । 

अमेरिकाका चार स्थान डलास, न्यु योर्क सहर, सैन फ्रान्सिस्को र डि यम भी मा कार्यक्रम हुने समेत जनाइएको छ । उनले सुन कान्छी, पहर, उजेली लगायत दर्जनौँ गीत रहेका छन् । उनको एकल रूपमा तीन घण्टा भन्दा बढी गीत गाउने आयोजकले जनाएका छन् । टिकट को मूल्य ८५ डलर, एकसय डलर र एक सय २० डलर राखिएको छ ।