चलचित्र ‘मेला’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो मुटुमा अब तिम्रो’ बोलको गीत बिहिबार युट्युब मार्फत सार्वजिक गरिएको हो । गीतमा पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको आवाजमा रहेको छ । अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार आमेश भण्डारी र अशिष्मा नकर्मी फिचरीङमा रहेका छन्।
पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीतको भिडियोलाई दिव्या सुवेदीले खिचेका छन्। वसन्त निरौलाको निर्देशनमा निर्माण भएको चलचित्रमा आमेश र अशिष्माको साथमा सलोन बस्नेत, बसन्त भट्ट लगायतका कलाकारको अभिनय रहेको छ।