फिल्म ‘के घर के डेरा’लाई सिरिजको रुपमा अगाडि बढाइने भएको छ । शुक्रबार एक पोस्टरमार्फत् यसको दोस्रो श्रृंखलाको निर्माण घोषणा गरिएको हो  । 

asफिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् भने फिल्ममा ‘कर्नाली ब्लुज’ पुस्तकका लेखक बुद्धिसागरको लेखन रहेको छ । फिल्मलाई अर्को वर्षको तिहारमा रिलिज गरिँदैछ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त निर्माणमा बन्न लागेको फिल्मलाई आगामी वर्ष छायांकन गर्ने तयारी गरिएको छ।