फिल्म ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्मको बंगलामुखी मन्दिर पुगेर शुभ साइतसँगै निर्माण घोषणा गरिएको  हो । 

नबिन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । फिल्मको  छायाङ्कन इटहरी, धरान, दार्जलिंग र काठमाडौँमा हुनेछ । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्म कमेडी जनरामा आधारित रहने बताइएको छ । शिशिर बिशंखेले छायाङ्कन गर्ने सिनेमा माघ पहिलो साताबाट फ्लोरमा जानेछ ।