फिल्म ‘पूजार सार्की’मा दुई अभिनेत्री फाइनल भएका छन्  । अडिसनबाट छनौट गर्दै निर्माण टिमले अञ्जना बराइली तथा परिक्षा लिम्बु पक्का गरेका हुन् । दिनेश राउतको निर्देशन रहने फिल्ममा यसअघि नै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भैसकेका छन् ।फिल्मका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो ।