यतीबेला अस्ट्रेलियामा रहेका निर्देशक निस्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई भ्याइनभ्याई छ । नेपालमा छैटौं हप्तामा प्रदर्शनरत ‘दिमाग खराब’को यतिबेला अष्ट्रेलियामा राम्रो क्रेज देखिएको छ । विभिन्न शहरहरुमा दर्जनौं शो भैसकेका छन् ।सिड्नीपछि अहिले ब्रिस्बेन शहरमा रहेका निश्चल र स्वस्तिमा अष्ट्रेलियामा फिल्मलाई मिलेको दर्शकको साथ र सुखद् प्रतिक्रियाले उत्साहित देखिएका छन् ।अष्ट्रेलियापछि यो जोडी फिल्मको प्रदर्शनका लागि अमेरिका पनि प्रस्थान गर्न लागेको बुझिएको छ ।