यो रङ्गिन क्षेत्रमा कसैको ब्रेक अप -प्याचअप र डिभोर्स हुनु नौलो कुरो हैन । प्रश्न गर्नुपर्ने त यो हो !आखिर फिल्म क्षेत्रको ब्याक्तित्वहरुको किन सम्बन्ध टिक्दैन ?  सम्बन्ध टिक्यो भने खबर आएपनी  यहाँ त ठुलो चाड पर्व जस्तो मनाउन पर्छ ।  एक महिना पनि टिक्न हम्मे हम्मे पर्ने यिनीहरूको सम्बन्ध  आखिर प्रेम चाहिँ किन गर्छन्  । प्रेमलाई खेल ठट्टा ठाने यिनीहरूले कहिले चाहिँ प्रेमको परिभाषा बुझ्छन् । कुरो रह्यो  नायिका बिपना थापाको ।  नायिका बिपना थापाको डिभोर्स भएको खबर बाहिरिएको छ  । थापाका श्रीमान् आशुतोष भारद्वाजले नै सम्बन्ध विच्छेद भएको उल्लेख गरेका हुन् ।उनले बिपनाको एउटा तस्बिर राख्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और बिपना थापाका तलाक हो चूका हे ।’आशुतोष भारतीय हुन् । उनी पेशाले चिकित्सक हुन् भने काँग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय रहेका छन् । उनी नेपाली फिल्म ‘वरमाला’मा निर्माताको समेत हुन् ।तर बिपनाले भने आशुतोष र छोरासँगका तस्बिर तथा भिडियोहरू फेसबुकमा सेअर गरेकी छन् । एका तिर श्रीमान् डिभोर्स भन्ने अर्को तिर बिपना तस्बिर सेयर गर्ने ।यस कारणले पनि यिनको सम्बन्धमा चिसोपना आएको हो या होइन प्रश्न गर्नै गाह्रो छ । अब यिनको सम्बन्ध बारे भगवान् नै जानुन् ।