फिल्म ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।  निर्देशक दीपेन्द्र के. खनालले बुधबार दिउँसो फेसबुकमार्फत् फिल्ममा खगेन्द्रको प्रवेश भएको जानकारी गराएका हुन् । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर तथा माओवादी नेता भरत कुमार थापाको जीवनबाट प्रभावित भएर बन्न लागेको फिल्ममा सागर मैनाली र अर्विसा थापाले निर्माण गर्नेछन् । अर्विसा मेयर थापाकी छोरी हुन् ।आगामी माघबाट छायांकन सुरु हुन लागेको फिल्म बागमती क्षेत्रमै छायांकन गरिने छ ।