नायिका बिपना थापाको डिभोर्स भएको खबर झुटो भएको बुझिएको  छ  ।   श्रीमान्  आशुतोष भारद्वाजले नै सम्बन्धविच्छेद भएको सामाजिक संजालमा उल्लेख भएता पनि उक्त स्ट्याटस आशुतोषले नलेखेको नायिका बिपनाले बताएकी छन् । श्रीमानको सन्जाल ह्याक भएर उक्त स्ट्याटस आएको थापाको भनाइ छ । गत मंगलबार बेलुका विपनाको एउटा तस्वीर राख्दै हिन्दीमा एक स्ट्याटस  आशुतोषको सन्जाल मार्फत बाहिरीएको थियो । , ‘मेरा और विपना थापाका तलाक हो चूका हे ।’आशुतोष भारतीय हुन् । उनी पेशाले चिकित्सक हुन् भने कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय रहेका छन् । उनी नेपाली फिल्म ‘वरमाला’मा निर्माताको समेत हुन् ।