डाक्टर नवराज प्रधानको नयाँ गीत रिलिज भएको छ। 'ठुली' बोलको गीत रिलिज भएको हो। गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ। गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद बास्कोटाले गरेका छन्। भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।
गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ।