फिल्म ‘पर्खि बसें तिमीलाई’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक एउटा पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु प्रस्तुत छन् भने अर्को पोस्टरमा डेब्यू अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी रोमान्टिक देखिएका छन् । परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन रहेको फिल्मलाई दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतको पनि अभिनय छ । राजाराम बुढाथोकीको निर्माण रहेको फिल्ममा कोमल गुरुङको सह(निर्माण छ ।