फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ आयोजना हुने भएको छ । जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुने यात्रामा पछिल्लो समयका चर्चित हास्यकलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइएको छ ।