चलचित्र ‘हुर्रे’को पहिलो लुक्स सार्वजनिक भएको छ । पहिलो पोस्टरमा चलचित्रका कलाकारहरू अनुपबिक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालाई फरक रूपमा प्रस्तुत गरिएको छ । ह्याण्डम अभिनेताको परिचय बनाएका अनुपलाई पोस्टरमा भने कमेडी पण्डितको गेटअपमा देखाइएको छ ।

फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक स्वयमको कथा रहेको छ । कमेडी जनरामा रहेको हुर्रेमा दावा शेर्पा ‘शेट्टी’को प्रस्तुति रहेको छ भने  सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ ।यस्तै सह निर्माताको रूपमा अरुण सेढाई रहेका छन् ।