नेपाली फिल्मका निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । राणाले वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका हुन् ।पहिलोपटक मन्त्री बनेका निर्माता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।दादागिरी’बाट उनको फिल्म निर्माण यात्रा सुरु भएको थियो । उनले ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ फिल्ममा अभिनय समेत काम गरेका छन् । उनले दुई फिल्म ‘मेरो पैसा खोई ?’ र ‘जय परशुराम’को निर्देशन पनि गरिसकेका छन् ।प्रदेश सभा सदस्यमा निर्वाचन हुनुअघि उनी नेपाल चलचित्र निर्माता संघको महासचिव थिए ।