वरिष्ठ हास्य जोडी ‘मह’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । एक कार्यक्रमको लागी मह जोडी विदेश प्रस्थान गरेका हुन् । द गोर्खा सेन्टरको आयोजना रहेको कार्यक्रम शनिवार हयारो र २४ डिसेम्बरमा अल्डरसटमा हुनेछ । कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ विजेता करण राई, कलाकार शर्मिला बर्देवा, यमन श्रेष्ठ र प्रकाश सपुत पनि सहभागी पनि रहने छ ।