बलिउड फिल्म `एनिमल´  मा कैँची लागेको छ । बंगलादेशको सिनेमाघरमा फिल्मका हिंस्रक र अन्तरङ्ग दृश्य हटाएर रिलिज गरिएको हो ।बंगलादेशको सेन्सर बोर्डले फिल्ममा रहेका ‘एडल्ट’ दृश्यहरू नहटाएसम्म चलचित्रलाई रिलिज गर्ने अनुमति नदिने निर्णय गरेको थियो । चलचित्रका निर्माताहरू यसका लागि तयार हुँदै फिल्मबाट करिब २७ मिनेटको दृश्यमा कैँची चलाएका थिए ।रणवीर कपुर अभिनीतफिल्मले भारतीय र वैश्विक बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । साथै , नेपालमा पनि फिल्मको राम्रो कलेक्सन भएको छ ।