अभिनेता विल्सन विक्रम राईले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । अभिनेता दयाह्याङ राईलाई राखेर उनले फिल्म ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुती रहने फिल्ममा बुद्धि तामाङ पनि मुख्य भूमिकामा अनुबन्ध भैसकेका छन् । फिल्ममा विल्सनको पनि अभिनय रहनेछ । अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ । कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा सरिना लामा (विल्सनकी श्रीमती) र डिबी राई छन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।अर्को वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन थाल्ने तयारी गरिएको फिल्मको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुने जनाइएको छ ।