फिल्म ‘बरिष्ठ बलराम’को छायांकन आगामी चैत्र तेस्रो साताबाट हुने भएको छ । फिल्मको छायांकन तराईमा गर्नु पर्ने भएकाले पनि चैत्रलाई सारिएको निर्माण टिमको भनाइ छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण हुने फिल्म ‘बरिष्ठ बलराम’ मा खगेन्द्र लामिछाने, दयाहाङ, माओत्से गुरुङ र दिव्या रायमाझिको मुख्य भुमिका रहेको सिनेमा ‘बरिष्ठ बलराम’ अर्को वर्षको तीजमा रिलिज हुनेछ । यही सिनेमाबाट अभिनेता दीलिप रायमाझिकी छोरी दिव्याले नेपाली रजतपतमा डेव्यु गर्दैछिन् । यो फिल्मको छायांकनको लागि उनी केही समयमा नेपाल आउँदै छिन् ।