फिल्म‘ह्रस्व दीर्घ’को कलाकार लाइनअपमा थप चात कलाकार जोडिएका छन् । अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्टमा कलाकार प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका हुन् ।चार सेड्यूलमा छायाँकन हुने फिल्मको भारतका विभिन्न शहरहरुमा हुने छायाँकन सकिएको छ भने हाल नेपालमा छायाँकन भइरहेको छ ।चन्द्र पन्त फिल्मका निर्देशक हुन् ।हाल फिल्मको चितवनमा धमाधम छायाँकन भइरहेको छ । फिल्ममा नीता ढुँगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।फिल्मलाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने फिल्म ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।