वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ ।सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको हो । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन नरेश आफैले गर्दैछन् ।बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिजको निर्मातामा गणेश प्रसाद बाघ र कार्यकारी निर्मातामा समिर खरेल रहेका छन् ।सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाको अभिनय रहनेछ ।