हिजो बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले सुखद सुरुवात गरेको छ । झन्डै एक सय हलमा एकसाथ रिलिज भएको चलचित्रको बिहानीमा सोमा ८० देखि ९० प्रतिशत अकुपेन्सी रहेको निर्माण पक्षले बताएको छ । वितरक डिसीएनले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को व्यापार गर्न सफल भएको छ ।
पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । बिहीबार काठमाडौँमा प्रेस सो र विशेष सो राखिएको थियो । चलचित्र हेरिसके पछि राम्रो प्रतिक्रिया पाएको छ । विशेष त खलनायक पात्रमा देखिएका प्रशान्त ताम्राकार र अभिनेत्री केकी अधिकारीको अभिनयलाई धेरैले रुचाएका छन् । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् तर दर्शकका लागि फ्रेस प्रशान्तनै केन्द्रविन्दुमा रहे । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी , रमेश , प्रशान्त र दीपिकासंगै विकास खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जङ्ग शाही लगायतको अभिनय रहेको छ ।