फिल्म ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई देखाइएको छ । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा किरण श्रेष्ठ रक्षा बुढाथोकी, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय रहेको छ ।
फिल्ममा कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।