धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले चलाएको आर्थिक सहयोग संकलन अभियानमा किराँती समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले साथ दिएका छन् ।धरानस्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा ‘सुम्निमा-पारुहाङको प्रतिमा’ निर्माणका लागि कलाकार-गायकहरुले हर्कलाई साथ दिएका हुन् । मेयर साम्पाङको उपस्थितिमा भएको छलफलमा दयाह्याङ राई शान्तिराम राई, सत्यकला राई, एलिसा राई, राजेश पायल राई शम्भु राई लगायत पनि सहभागी थिए ।उनीहरुले उक्त प्रतिमा निर्माणका लागि जनही एक/एक लाख रुपैयाँ सहयोग गर्न लागेका हुन् ।उक्त प्रतिमा निर्माणका लागि २५ करोड लागत अनुमान गरिएको छ ।