फिल्ममा मात्र सिमित हुन नहुने निर्णय गर्दै अभिनेत्री सुरक्षा पन्त अब सिरिजमा पनि देखिने भएकी छिन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको हो । अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् ।यो सिरिजमा सुरक्षासँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली आदिको पनि अभिनय रहनेछ ।सिरुपाते कट्स प्रा.लिले निर्माण गर्ने सिरिजको निर्माता आशिष राज महर्जन र लेविस राज महर्जन हुन् भने सह-निर्मातामा कुनाल गुरुङ रहेका छन् । निर्माता आशिषले तयार पारेको कथामा निर्देशक प्रधानले पटकथा बुनेका हुन् । यसका छायाँकार रोशन राई हुन् ।