मित्र प्रधान नरको निर्देशन रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ ।नेपालको झापा, इलाम अनि भारतको सिकिम, दार्जीलिङ, जयगाँउ पश्चिम बंगाल लगायतको ठाउँमा फिल्मको छायांकन गरिएको हो ।शिवम् अधिकारीको लेखन, निर्देशक प्रधानको कथा, दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने सिनेमाको मुख्य सहायक निर्देशक रामबाबु खड्का हुन् । फिल्मको बाँकी छायांकन अमेरिकामा हुने निर्माण टिमको भनाइ छ । फिल्ममा आयुषा समाल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, मेग सुवेदी, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, बिजय सुब्बा लगायतको अभिनय रहेको छ ।