फिल्म `हात्तीछाप´को विदेश राइट्स बिक्री भएको छ । फिल्मको जापान र दक्षिण कोरिया गरी दुई देशमा प्रदर्शन अधिकार बिक्री भएको हो । फिल्मको यसअघि अष्ट्रलिया र न्यूजिल्याण्ड राइट्स बिक्री भैसकेको छ ।सिमोस सुनुवार निर्देशित फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हलमा, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई आदिको पनि अभिनय छ । ‘हात्तीछाप’मा सुशान्त प्रजापतिको छायांकन र प्रदीप भारद्वाजको लेखन रहेको छ ।आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’का निर्माता किरण नेपाली हुन् ।