फेसियल हाउस १६औँ वर्षमा प्रवेश गरेको छ । गत सोमबार  कार्यक्रम गर्दै १६औँ वर्षमा प्रवेश गरेको जानकारी गराइएको हो । कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वल जंग शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काट्नुभइ कार्यक्रमको भव्य उद्घाटन गरेकि थिइन् ।यसैगरी वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।साथै गायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू पनि राम्रै गुञ्जेका थिए । यस्तै, कार्यक्रम सञ्चालकको भूमिकामा रहेका हास्य कलाकारनद्वय राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले पनि कार्यक्रम सञ्चालनका साथै समारोहलाई हाँसोमय बनाउँदै अघि बढाएका थिए ।उक्त समारोहमा उपस्थित ब्याक्तित्वहरुलाई वार्षिकोत्सव समारोहलाई सिनोस, लिसाप, बोटोक्स नेपाल, एमआईकेटीएम ब्युटी केयर, मल्टी न्युट्रेशन प्रालि, नेल आर्ट ग्यालरी, हुन्छ डटकम, एलएलएफटी, ह्वाइट मिडिया र कर्पोरेट खबर डट कमले प्रायोजन गरेको थियो।साथै उक्त समारोहमा उपस्थित ब्याक्तित्वहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । फेसियल हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा उत्कृष्ट विद्यार्थीलाई यो अवार्ड पनि प्रदान गर्ने गरेको छ  । जस अनुसार ‘बेष्ट स्किन केयर अवार्ड, २०२३’ बाट जेनी तामाङ, ईश्वरी कुमारी जोशी र पुनम घर्तीमगर सम्मानित भएका छन् । यस्तै, ‘बेष्ट केयर टेकर अवार्ड, २०२३’ बाट कमल ठाकुर, ‘बेष्ट म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट रक्षा बोहोरा र ‘बेष्ट बिह्याबियर एण्ड भ्यालुज अवार्ड, २०२३’ बाट शोभा थापा मक्राति सम्मानित भएका छन् ।यसैगरी, ‘बेष्ट प्रफमर अवार्ड, २०२३’ बाट गरिमा शाही, जीवन चौधरी, मनोज ठाकुर, कञ्चन साउद र अंकिता लामालाई सम्मान गरिएको छ । त्यस्तै, ‘बेष्ट अल राउण्डर प्रफमर अवार्ड, २०२३’ बाट दुर्गा ढुङ्गाना ‘आश्था’, ‘बेष्ट प्रफमेन्स अवार्ड अफ द इयर, २०२३’ बाट प्रमिला खाती, ‘बेष्ट पङ्चुअल टाइम एण्ड म्यानेजमेन्ट अवार्ड, २०२३’ बाट अस्मिता थापा र ‘बेष्ट स्माइल प्रफमेन्स अवार्ड, २०२३’ बाट प्रीती रानालाई सम्मान गरिएको छ ।यसैगरी, ‘एन एप्रिसिएशन अवार्ड, २०२३ फर द म्यानेजमेन्ट टीम अफ फेसियल हाउस’ बाट प्रभा थापा, सजुला चौधरी, बिगेन्द्र तामाङ र नमिना श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, यो वर्षको ‘बेष्ट स्टुडेन्ट अवार्ड अफ द इएयर, २०२३’ बाट अनिता कुमारी साउदलाई सम्मान गरिएको छ ।महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ‘फेसियल हाउस’ को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् ।चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।